स्पाइन सर्जरीका अब्बल युवा डाक्टर प्रशान्त अधिकारी

September 22, 2022
स्पाइन सर्जरीका अब्बल युवा डाक्टर प्रशान्त अधिकारी

हेल्थ टिभी अनलाइन : स्पाइन सर्जरीका अब्बल युवा चिकित्सक डा प्रशान्त अधिकारी हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन्। उनी अहिले स्पाइन सर्जरीका व्यस्त चिकित्सकमध्ये पर्छन्। जसलाई बिरामी हेर्न भ्याइनभ्याइ छ । अझ रोचक कुरा त उनी स्पाइनमा पनि जटिल शल्यक्रिया गर्न रुचाउँछन्। सानैदेखि पढाइमा अब्बल डा अधिकारीलाई सानोमा इन्जिनियर बन्ने इच्छा थियो । डाक्टर बन्ने उनको दोस्रो रोजाई हो । तर भारतको चेन्नईबाट प्लस टु सकाएपछि भने उनले मेडिसिन पढ्ने निधो गरे । र लागे एमबीबीएसका लागि रुसतर्फ । उनलाई मेडिसिनमा भन्दा पनि सर्जरीमा बढी रुचि थियो । सन् २००५ मा एमबीबीएस सकेर आएपछि उनले काठमाडौं युनभिर्सिटी अन्तर्गतको बीएण्डबी अस्पतालबाट ‘एम एस इन अर्थोपेडिक्स’ को डिग्री लिए ।

नयाँ र जटिल खालको काम गर्न रुचाउने डा अधिकारीलाई अर्थोपेडिक सर्जरीभित्र पनि जोर्नी प्रत्यारोपणमा विशेषज्ञता हासिल गरेर त्यसमै लाग्ने इच्छा थियो । तर उनको त्यो इच्छा भने पूरा हुन सकेन । उनी एम एस सके पछि ग्रान्डी अस्पतालमा काम गर्न पुगे । वरिष्ठ स्पाइन सर्जन डा बिनोद बिजुक्छेको अन्डरमा काम गर्न थालेका उनलाई त्यहाँ आउने बिरामीको अवस्था र भोगाइ देखेर स्पाइनमै रुचि हुन थाल्यो । त्यसैले उनले अब स्पाइनमै विशेषज्ञता हासिल गर्छु भन्ने ठाने । उनी भन्छन् ‘स्पाइन सर्जरी विभागमा काम गर्दै गर्दा यसमै रुचि भएपछि फेलोसिपका लागि अप्लाई गरें ।’ उनले टर्कीको अंकरा स्पाइन सेन्टरमा फेलोसिपका लागि अप्लाई गरे र छनौट पनि भए । अब भने उनको यात्रा सुरु भयो स्पाइन सर्जरीतर्फ ।

सन् २०१५ मा उनी एक वर्षको फेलोसिपका लागि टर्की गए । त्यहाँ रहँदा उनले न्यूरो र अर्थो स्पाइन सर्जरीमा काम गरे । दुईटा विधाका विश्वमै प्रख्यात प्राध्यापकहरुसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन डा अधिकारी । उनीहरुलाई भेटेपछि त झनै आफूमा नेपालमै बसेर स्पाइनमा काम गर्ने जोश जाँगर बढेर आयो, उनी भन्छन्। त्यहाँबाट फर्केर आएपछि पनि उनले फेरि अर्को फेलोसिपका लागि अप्लाइ गरे जर्मनीमा । ‘टेक्निकल युनिभर्सिटी म्युनिख जर्मनी’ मा उनले स्पाइन सर्जरीमै ६ साताको विशेष कोर्ष गर्ने अवसर पाए । जसले उनको करिअरमा थप ज्ञान थप्यो । यो सन् २०१८ को कुरा हो । यसले उनको स्पाइनको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि अझ बढी जगायो ।

डा अधिकारीको सर्जरीमा जति रमाउँछन् त्यत्तिकै उनको रुचि रिसर्चमा पनि छ । उनले हालसम्म स्पाइनसँग सम्बन्धित १६ वटा भन्दा बढी इन्टरनेशनल जर्नलमा रिसर्च आर्टिकलहरु प्रकाशित गरिसकेका छन्। उनी लेख्न र अध्ययनमा निकै रमाउने चिकित्सकमा पर्छन्। डा अधिकारीलाई धेरैले स्पाइन बिषय नरोज्ने कारणले पनि नेपालमा समस्या धेरै भए पनि यसका विशेषज्ञ डाक्टर कम भएको जस्तो लाग्छ । त्यसो त स्पाइन सर्जरी आफैमा सबै जटिल सर्जरी नै हुन्छ त्यसमा पनि कहिलेकाहीं त एउटै सर्जरीमा धेरै विशेषज्ञहरुको आवश्यकता पर्ने उनको भनाई छ । डा अधिकारीको सर्जरीमा जति रमाउँछन् त्यत्तिकै उनको रुचि रिसर्चमा पनि छ । उनले हालसम्म स्पाइनसँग सम्बन्धित १६ वटा भन्दा बढी इन्टरनेशनल जर्नलमा रिसर्च आर्टिकलहरु प्रकाशित गरिसकेका छन्। उनी लेख्न र अध्ययनमा निकै रमाउने चिकित्सकमा पर्छन्।

उनलाई स्पाइनकाबारेमा जनमानसमा सही सूचना नपुगेका कारण समस्या बढेको जस्तो लाग्छ । कतिपय समस्या सामान्य सावधानी अपनाएमा पुग्ने भए पनि बिरामीहरु अवस्था बिग्रेपछि मात्र अस्पताल आउने गरेको उनको अनुभव छ । उनी भन्छन, ‘९९ प्रतिशत स्पाइनको समस्या ढाड दुख्यो भनेर सुरु हुने गरेको छ । म कहाँ आउने बिरामी पनि सुरुमा आउँदा एउटै कल्प्लेन लिएर आउँछन् ढाड दुख्ने । तर धेरै ढाड दुखाई सामान्य फिजियोथेरापी तथा शारीरिक व्यायामबाट ठीक पार्न सकिन्छ ।’

स्पाइनमा समस्या धेरै कारणले हुन्छ । यो कुरा जनमानसम्म पुराउन आवश्यक छ । पहिलो कारण त हाम्रो बसाइ, काम गराई अर्थात ‘पोस्चर’ नै हो । तपाइँ हामी धेरै जनाको नियमित बस्ने, उभिने काम गर्ने तरिका नमिलेका कारण स्पाइनमा समस्या भएर नशा च्यापिने वा मसलमा समस्या हुने गर्छ । तर हामी यी कुरा ख्यालै गर्दैनौं । त्यसैले स्पाइनलाई हेल्दी राख्न पहिलो कुरा पोस्चर मिलाउने नै हो । स्पाइनलाई जति भार दिन्छौं त्यति नै समस्या आउँछ उनले थपे । मोटो मानिसहरुमा वजनले स्पाइनमा भार पार्दा नशा च्यापिने समस्या बढी हुने गर्छ । त्यसैले मोटा मानिसहरु अझ बढी सजग हनुपर्छ । उनीकहाँ आउने अधिकांश बिरामीले नशा च्यापियो भन्दैमा शल्यक्रिया गर्नपर्छ हो भनेर सोध्छन, तर उनी भन्छन, ‘नशा च्यापिंदैमा सबैको शल्यक्रिया गर्न पर्दैन । समस्या देखिनेमध्ये एक प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यकता देखिन्छ । स्पाइनमा धेरै जसो जीवनशैलीकै कारण समस्या आउने गर्छ । तर सामान्य कुरा पनि ख्याल नगर्दा समस्या बल्झिदै जाने गरेको देखिन्छ ।’

सन् २०१५ मा उनी एक वर्षको फेलोसिपका लागि टर्की गए । त्यहाँ रहँदा उनले न्यूरो र अर्थो स्पाइन सर्जरीमा काम गरे । दुईटा विधाका विश्वमै प्रख्यात प्राध्यापकहरुसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउँछन डा अधिकारी । उनीहरुलाई भेटेपछि त झनै आफूमा नेपालमै बसेर स्पाइनमा काम गर्ने जोश जाँगर बढेर आयो, उनी भन्छन्। त्यहाँबाट फर्केर आएपछि पनि उनले फेरि अर्को फेलोसिपका लागि अप्लाइ गरे जर्मनीमा । ‘टेक्निकल युनिभर्सिटी म्युनिख जर्मनी’ मा उनले स्पाइन सर्जरीमै ६ साताको विशेष कोर्ष गर्ने अवसर पाए । जसले उनको करिअरमा थप ज्ञान थप्यो । यो सन् २०१८ को कुरा हो । यसले उनको स्पाइनको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि अझ बढी जगायो । उनका अनुसार ९९ प्रतिशतको मेकानिकल ब्याक पेन देखिन्छ । एक प्रतिशतको मात्र अरु कारण हुन्छ । सर्जरी गर्नुपर्ने अवस्थामा हामी रेड फ्ल्याग भन्छौं ती संकेत नदेखिएसम्म डराउन पर्दैन । जस्तो कोही क्यान्सरको बिरामी हुनुहुन्छ, राती दुखाइकै कारण निद्राबाट बिउँझिन्छ, लगातार ज्वरो आइरहेको छ वा वजन घटिरहेको छ भने हामी एमआरआई लगायतका टेस्ट गराउन सल्लाह दिन्छौं । त्यसैगरी कसैको दिसापिसाब रोकियो, खुट्टा झर्न थाल्यो अर्थात लुलो हुन थाल्यो भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । १५ वर्ष मूनिका र ५० वर्ष माथिका मानिसमा ढाड दुख्ने समस्या बढी भएमा पनि सजग हुनुपर्ने हुन्छ ।

डा अधिकारीले ह्याम्स अस्पतालमा २ वर्षमा झण्डै सयको हाराहारीमा जटिल शल्यक्रिया गरिसकेका छन् ।उनी भन्छ्न, ‘उमेर बढ्दै जाँदा हड्डी खिइँदै गएर स्पाइनमा समस्या देखिन्छ । शरीरको सम्पूर्ण भार स्पाइनले नै धान्ने हुँदा यसलाई ख्याल गर्न जरुरी हुन्छ । समयमै ख्याल गरियो भने जनिशैलीका कारण देखिने स्पाइनका समस्याबाट जोगिन सकिन्छ । ‘दुर्घटनाबाट स्पाइनमा हुने क्षतिको त आकस्मिक रुपमा उपचार गर्नै पर्छ । त्यो हाम्रो हातमा हुँदैन ।

ह्याम्स अस्पतालमा फूल टाइम कार्यरत डा अधिकारी अहिले जनमानसमा स्पाइनसम्बन्धी उपचार मात्रै हैन जनचेतना बढाउन पनि लागिपरेका छन्।

कल्पना आचार्य आचार्य हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक हुन्।