ह्याम्स हस्पिटलद्धारा सिन्धुपाल्चोकमा ३ हजार व्यक्तिलाई निःशुल्क पिसिआर सेवा

26 May 2021

जिल्लास्थित कोभिड—१९ व्यवस्थापन समितिलाई तीन हजार थान एन्टिजेन कीट निःशुल्क प्रदान

सामाजिक उतरदायित्व अन्तर्गत ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा ३ हजार जनाको स्वाब सकलन गरेर निःशुल्क रिपोर्ट दिने र जिल्लास्थित कोभिड १९ व्यवस्थापन समितिलार्य तीन हजार थान एनटिजेन कीट निशुल्क प्रदान गर्ने अस्पतालका अध्यक्ष एवं युवा व्यवसायी आर.एस. भण्डारीले बताउनुभयो ।

जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । काठमाडौंको धुम्वराही चोकस्थित ह्याम्स हस्पिटलले आजदेखि सिन्धुपाल्चोकका ३ हजार जनाको स्वाव संकलन गरेर निःशुल्क पिसिआर रिपोर्ट उपलब्ध गराउने अभियान शुरु गरेको छ ।

जिल्लास्थित कोभिड—१९ व्यवस्थापन समितिसँग सहकार्य गरेर सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बलेफी, जुगल गाउँपालिकाको कात्तिके र बराम्ची एवं सुनकोसी गाउपालिकाको यमुनाडाँडामा गएर स्वाब सकलन शुरु गरिएको छ । आज ४ जनाको टोलीले करिब ५ सय जनाको स्वाव संकलन गर्नेछन् ।

“सामाजिक उतरदायित्व अन्तर्गत ह्याम्स अस्पतालले सिन्धुपाल्चोकमा ३ हजार जनाको स्वाब सकलन गरेर निःशुल्क रिपोर्ट दिने र जिल्लास्थित कोभिड १९ व्यवस्थापन समितिलार्य तीन हजार थान एनटिजेन कीट निशुल्क प्रदान गर्ने अस्पतालका अध्यक्ष एवं युवा व्यवसायी आर.एस. भण्डारीले बताउनुभयो ।”

अस्पतालले करिब ९० लाख रुपियाँ मूल्य बराबरको सेवा उपलब्ध गराउन लागेको अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) रामप्रसाद आचार्यले जानकारी गराउनुभयो ।

Source: https://nepalhealthnews.com/news/2021/05/19/34958.html