रोगसँग लड्न सक्ने क्षमता कम छ भने उनीहरुलाई नै कोभिडको उच्च जोखिम हुने हो। उमेरलाई त चाहेर पनि घटाउन सक्दैनौं। उचित खानपान जस्तै पौष्टिक आहारविहार जस्तै ताजा सागसब्जी तथा फलफूलमा ध्यान पुर्याउन सक्यौँ र उनीहरुले कमसेकम आफ्नो शारीरिक अवस्थाले भ्याउन सक्ने गरी शारीरिक अभ्यासमा संलग्न गराउन सक्यौँ भने एक हिसाबाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ।
जो विभिन्न रोग भएका हुन्छन् सुगर, प्रेसर, दम पनि नियन्त्रणमा छन् किन छैनन् भनेर परिवारका सदस्यले एकदम ध्यान पुर्याउनुपर्ने हुन्छ। कोभिडबाट उनीहरु उच्च जोखिममा रहेका छ हुन्छन् नै रोगहरु नियन्त्रणमा भएनन् भने संक्रमण हुने अवस्थामा एकदम बढाइदिन्छन्। शारीरिक अभ्यास घरभित्रै बसेर गर्न सकिन्छ। आफ्नै घरवरिपरि टहलिने, हिँड्ने आधा तथा १ घण्टा हिँड्डुल गर्ने, घरायसी काममा सघाउने, सकिन्छ भने करेसाबारीमा सकृय हुने भयो भने एक प्रकारको शारीरिक अभ्यास हुन्छ।
सरकारले ज्येष्ठ नागरिकहरुलाई सुरक्षित राख्न के कदम चाल्नुपर्छ?
अहिले जति पनि सरकारले काम गरिरहेको छ त्यो सराहनीय छ। सीमित जनशक्ति तथा पूर्वाधार भएको देशले यति गर्न सक्नु पनि सकरात्मक अभ्यासको कुरा हो। प्रयोगशालाको कोभिडको परीक्षण प्रदेशहरुमा पनि जिम्मेवारी बाँडफाँड गर्न सकियो भने रिपोर्टहरु पनि छिटो आउँथ्यो। जनचेतना एकदम आवश्यक छ। किनकी औषधि तथा खोप बनिसकेको छैन यो भाइरसको। सरकारका संयन्त्रहरुलाई पनि परिचालन गर्ने। यसबाट आत्तिनु हुन्न, सतर्क रहनुपर्छ। अनावश्य रुपमा आँखा, नाक तथा मुख छुनुभएन। सरुवा रोग सर्नुको मुख्य कारण नै सरसफाइमा ध्यान दिएन भने फैलिने हो त्यसैले सफा बस्नुपर्छ।