मुटुमा विद्युतिय तरंग कसरी बग्छ ? मुटुमा चाल कसरी उत्पन्न हुन्छ ?
मुटु एउटा स्वचालित मांसपेशिय अंग हो। मानिस बा“चुन्जेल मुटु धड्किरहन्छ। मुटु धड्किनको लागि यसको आफ्नै स्वचालित विद्युतिय तरंग उत्पादन गर्ने प्रणाली हुन्छ। यस प्रणालीमा भाग लिने मुटुका प्रमुख भागहरु साइनो अट्रियल नोड (SA Node), एट्रियोभेन्ट्रीकुलर नोड (AVNode), बण्डल अफ हिस (Bundle of his), दाहिने र देव्रे रेशाहरु (Right and left Bundles Branches), र परकिन्जेस् (Purkinge Fibres), फाइवरहरु हुन। साईनो अट्रियल नोडमा विद्युतिय तरंग पैदा हुने हुनाले यसलाई मुटुको “प्राकृतिक पेश मेकर” पनि भनिन्छ। यहा“ उत्पादित तरंग मुटुको माथिल्ला दायाँ र बायाँ कोठामा फैलदै ए.भी. नोडमा पुग्दछ।
ए.भी. नोडमुटुको एक विशेष तन्तु हो। यो नोड मुटुका माथिल्ला कोठाहरु अट्रियम र तल्ला कोठाहरु भेन्ट्रिकल्सको बीचमा रहेको हुन्छ । साईनो अट्रियल नोडबाट प्रवाह भएको विद्युतीय तरंग यसमा आउ“छ र बण्डल अफ हिस तथा दाहिने÷देव्रे रेशाहरु हुदै परकिन्जेस फाईवरहरुमा प्रवाहित हुन्छ र हाम्रो मुटु धडकिन्छ।
यदि यस नियमित चाल बाहेक मुटु भित्रका अन्य तन्तुहरुबाट पनि विद्युतीय तरंग उत्पादन भएको अवस्थामा अथवा उक्त तन्तुहरुबाट विद्युत प्रवाहको दिशा बदलिएमा मुटुको चाल गडबड हुन्छ। मुटुको गति अत्याधिक मात्रामा बढ्न सक्छ। यस्तो अवस्थामा मुटु मात्रात्मक हिसावले बढी चलेपनि यो गुणात्मक हुदैन, झन यो प्रत्युत्पादक हुन्छ, मुटुले चाहे जति रगत शरीरमा फ्याल्न सक्दैन। तसर्थ समयमा नै जा“च गराई यस्तो अवस्थाको उपचार गराउनु पर्दछ। मुटुको चाल असमान्य गराउने विभिन्न कारणहरु हुन्छन् । ती मध्ये जन्मजात नै मुटु भित्र असमान्य तन्तु हुनु र उमेर बढदै गएपछि मुटु भित्रका तन्तुहरुमा परिवर्तन आउनु आदि प्रमुख कारणहरु हुन्।
इलेक्ट्रोफिजियोलोजिकल स्टडी (ई.पि.एस.) र रेडियो फ्रिक्वेन्सी एब्लेसन (आर.एफ.ए.) भनेको के हो?
मुटुको स्वचालित विद्युतीय प्रवाहमा गडबडि आएमा मुटुको धड्कन अत्याधिक रुपमा बढ्न अथवा कम हुन जान्छ। जसकारण विरामीलाई ढुकढुकी बढेको अनुभव हुने, रिंगटा चल्ने, टाउको झुम्म हुने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने देखि लिएर बेहोस नै हुने समेत समस्या हुन सक्छ। कार्डियाक ई.पि.एस. (E.P.S) एउटा यस्तो पद्धती हो जसबाट मुटुको चालको गडबडीको कारण पत्ता लगाईन्छ र उपयुक्त उपचार गर्न सकिन्छ। ई.पि.एस. गर्दा मुटु भित्र विशेष प्रकारका तारहरु पठाई मुटुको प्राकृतिक तन्तुहरु तथा गडबडी उत्पन्न गराउने असामान्य तन्तुहरुमा विद्युतीय प्रवाहको जाँच गरिन्छ। आर.एफ.ए. एक विशेष प्रकारको उपचार पद्धती हो। यसमा रेडियो फ्रिक्वेन्सी अर्थात विशेष किसिमको विद्युतिय तरंगद्वारा गडबडी उत्पन्न गराउने असमान्य तन्तुहरुलाई डामेर निष्कृय बनाईन्छ र मुटुको चालको गडबडीलाई ठिक गरिन्छ।
जाँच तथा उपचार कसरी गरिन्छ ?
यो जाँच क्याथल्यावमा गरिन्छ। बिरामीको दुवै तिघ्रा तथा दाहिने घाँटीमा किटनाशक झोलले राम्ररी सफा गरिन्छ र उक्त स्थानको छालामा नदुख्ने ईन्जेक्सन (Local Anesthesia), लगाईन्छ। त्यसपछि तीन देखी पाँच वटा विशेष किसिमका तारहरु (EP Catheters), उक्त स्थानमा रहेको शीरा (Veins), बाट भित्र पठाईन्छ र मुटु भित्रको विभिन्न स्थानहरुमा लुरोस्कोपी (एक विशेष किसिमको एक्स–रे) को सहायताले राखिन्छ। कहिले काही दाहिने तिघ्राको धमिनी (Artery), बाट पनि तार पठाईन्छ। उक्त तारहरुबाट प्राप्त विद्युतिय संकेतहरुको रेकर्ड तथा अध्ययन गरिन्छ। परिक्षणको अवधीमा उक्त तारहरुबाट हलुका विद्युतिय तरंगहरु दिई तन्तुहरुलाई डामेर निष्कृय बनाईन्छ र मुटुको चालको गडबडीलाई ठिक गरिन्छ। मुटुको चालको परिक्षण गरिन्छ । त्यसबेला विरामीले आफ्नो मुटुको ढुकढुकी बढेको अनुभव गर्न सक्छ। प्राप्त विद्युतिय संकेतहरुको आधारमा र तारको स्थान हेरेर रेडियो फ्रिक्वेन्सी शक्तिद्वारा सम्वन्धित गडबडी उत्पन्न गराउने तन्तुलाई डामिन्छ। फलस्वरुप अनियन्त्रित रुपमा उत्पादन भएका विद्युतिय तरंगहरु बन्द हुन्छन र मुटुको चाल सामान्य हुन जान्छ। ई.पि.एस. परिक्षणको अवधी आधा देखी एक घण्टा सम्म हुन सक्छ। परिक्षण तथा उपचार दुवै गर्दा यसको अवधी १ घण्टा देखी ४ घण्टा सम्म लाग्न सक्छ। परिक्षण पुरा भए पश्चात तारहरु निकाले पछि दुवै तिघ्रा तथा घा“टीमा केही वेर रगत नबगोस् भनेर हल्का संग थिचे पछि पट्टी लगाईन्छ ।
विरामीले थाहा पाउनु पर्ने कुराहरु:
- आफुले सेवन गरिराखेका औषधीहरुका बारेमा चिकित्सकलाई जानकारी गराउनु पर्दछ। किनकी यो परिक्षण र उपचार गर्नु अगाडि मुटुको चालमा असर पुर्याउने खालका औषधीहरु बन्द गर्नु पर्ने हुन्छ।
- कुनै औषधी तथा इन्जेक्सनको एलर्जी छ भने चिकित्सकलाई अवगत गराउनु पर्दछ।
- विरामीको पुराना रेकर्ड तथा इसिजी, एक्सरे इको कार्डियोग्राफ आदिको रिर्पोट ल्याउनु पर्दछ।
- गर्भवती महिलाले यो उपचार पद्धती अपनाउनु हुदैन।
- विरामीलाई बेहोस गराउनु पर्दैन। परिक्षणको सम्पूर्ण अवधीभर विरामी नचलिकन बस्नु पर्दछ।
- विरामीलाई दुखाईको अनुभव न्यून हुन्छ तर छाला लठ्याउने इन्जेक्सन, लोकल एनेस्थेसिया दिंदा अलिकति दुखेको अनुभव हुन्छ।
- मुटुको चालको अध्ययन गर्न मुटु भित्र पठाईएका तारहरु मार्पmत बिद्युतीय तरंगहरु पठाएर एक प्रकारको औषधी (जस्तै आइसोप्रेनालिन) इन्जेक्सनबाट दिईन्छ जसले गर्दा विरामीले ढुकढुकी बढेको र डर लागेको जस्तो अनुभव गर्न सक्छ।
- छातीको चाल गडबढ भएको अवस्थामा कहिलेकाही बाहिरबाट करेन्टको झट्का दिनुपर्ने हुन सक्छ। उपचार सके पछि चार देखी ६ घण्टा सम्म खुट्टा नचलाईकन सुत्नु पर्ने हुन्छ जसले गर्दा घाउ बाट रगत बग्ने संभावन न्यून हुन्छ।
संभावित खतराहरु:
तपाईको चिकित्सकले हुन सक्ने संभावित खतराका बारेमा पूर्व जानकारी दिनु हुनेछ। जानकारी प्रदान गर्ने बेलामा केही जिज्ञासाहरु छन् भने चिकित्सकलाई सोधेर ढुक्क हुन सकिन्छ।
डिस्चार्ज पछि याद गर्नु पर्ने कुराहरु
- दुई दिन सम्म आराम गर्नु पर्ने हुन्छ तर आफ्नो दैनिक नियमित काम गर्न सकिन्छ।
- केही विरामीहरुले रगत पातलो गर्ने औषधी एस्प्रिन अथवा क्लोपिडोग्रेल एक महिना सम्म खानु पर्ने हुन सक्छ।
- एक महिना पछि सम्वन्धित चिकित्सक संग ओपिडीमा जाँच गराउनु पर्छ।
- केही समस्या परेमा कुनै पनि बेलामा इमर्जेन्सीमा वा सम्वन्धित चिकित्सकको ओपिडीमा सम्पर्क गर्नु पर्ने छ।
- यो उपचारगर्दा कुनै पनि खानेकुरा बार्नु पर्दैन।
- यो उपचार पद्धती सफल भएको अवस्थामा रोग बल्झिने संभावना अत्यन्तै न्यून हुन्छ। साथै कुनै औषधीको नियमित सेवन गर्ने जरुरत पनि पर्दैन।