मुटु र मुटुको धड्कन बारे

मुटु र मुटुको धड्कन बारे

मुटु एउटा मांशपेशीय अंग हो जसले शरीरको विभिन्न अंगमा रगत पम्प गर्ने काम गर्दछ। मुटुमा चारवटा कोठा हुन्छन्। वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ५० देखी १०० पटक सम्म धड्कन्छ। मुटु धड्कनको लागि मुटुमा विद्युतीय तरंग निस्कनु पर्ने हुन्छ, जुन साईनस नोड (SA Node) बाट निस्कन्छ। यसलाई मुटुको प्राकृतिक पेश मेकर भनिन्छ। साईनस नोडबाट निस्केको विद्युतीय करेण्ट ए.भी.नोड (AV Node), हुदै मुटुका सवै खण्डमा विद्युतिय तरंगको बहावसंगै मुटु धडकन्छ र यो प्रकृया पुनःशुरु हुन्छ।

मुटुको चालमा गडबडी भई धड्कन कम हुनु

मुटु भित्र रहेको स्वचालित विद्युतिय तरंगमा गडबडी आएमा वा ढिला भएमा मुटुको धड्कन आवश्यकता भन्दा कम हुन जान्छ। फलस्वरुपः मुटुले शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन।साइनस नोडमा गडबडी भएमा यसलाई सीक साइनस सिन्ड्रोम भनिन्छ भने ए.भी. नोडमा गडबडी भएमा ए.भी. नोडल हर्ट ब्लक भनिन्छ।

यसका प्रमुख लक्षणहरु निम्न छन्।

  • रिंगटा लाग्ने
  • कमजोर महशुस हुने
  • मुर्छा पर्ने
  • मृत्यृु समेत हुन सक्न

पेश मेकर भनेको के हो ?

मुटु भित्र रहेको स्वचालित विद्युतिय तरंगमा गडबडी आएमा वा ढिला भएमा मुटुको धड्कन आवश्यकता भन्दा कम हुन जान्छ। फलस्वरुपः मुटुले शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन।साइनस नोडमा गडबडी भएमा यसलाई सीक साइनस सिन्ड्रोम भनिन्छ भने ए.भी. नोडमा गडबडी भएमा ए.भी. नोडल हर्ट ब्लक भनिन्छ। यसका प्रमुख लक्षणहरु निम्न छन्। पेश मेकर एउटा स्वचालित यन्त्र हो। यसमा व्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निस्किई मुटुको कोठामा गएको हुन्छ। यस यन्त्रले मुटुको धड्कन पहिचान गर्ने, तथा निगरानी गरेको हुन्छ। मुटुको धड्कन कम भएमा पेश मेकरले तुरुन्त थाहा पाउ“छ र पूर्व निर्धारित गरेको गतिमा विद्युतिय करेण्ट निकाल्छ र सोही अनुरुप मुटु धडकिन्छ। आनै मुटुको धड्कन ठिक भएको अवस्थामा मुटुमा जडान गरिएको पेश मेकर निष्कृय भएर बस्छ।

पेश मेकर कसरी राखिन्छ ?

पेशमेकर क्याथल्यावमा लगेर राखिन्छ। यो राख्नको लागि विरामीलाई बेहोस पार्नु पर्दैन। छातीको माथिल्लो भागमा दायाँ वा बायाँ तिर छाला लाटो पार्ने सुई दिएर करिव दुई ईन्च जति छाला चिरेर त्यस भित्र खल्ती बनाएर पेश मेकर व्याट्री राखिन्छ। पेश मेकरको तार सवक्लेभियन शीरा हुदै मुटुको कोठामा लगिन्छ र व्याट्रीसंग जोडिन्छ।

पेश मेकर राखे पश्चात के भएमा तुरन्तै अस्पताल आईहाल्नु पर्छ ?

पेशमेकर क्याथल्यावमा लगेर राखिन्छ। यो राख्नको लागि विरामीलाई बेहोस पार्नु पर्दैन। छातीको माथिल्लो भागमा दायाँ वा बायाँ तिर छाला लाटो पार्ने सुई दिएर करिव दुई ईन्च जति छाला चिरेर त्यस भित्र खल्ती बनाएर पेश मेकर व्याट्री राखिन्छ। पेश मेकरको तार सवक्लेभियन शीरा हुदै मुटुको कोठामा लगिन्छ र व्याट्रीसंग जोडिन्छ।

  • पेश मेकर राखेको ठाउ बाट रगत वा पिप आएमा
  • पेश मेकर राखेको भाग सुन्निएमा
  • पेश मेकर राखेपछीको हात सुन्निएमा
  • छाती दुखेमा
  • झुम्म भएर रिंगटा लागेमा
  • धेरै हिक्क हिक्क आएमा

सामान्यतया बिरामीले गर्न सक्ने कृयाकलापहरु

  • डाक्टरको सल्लाह अनुसार केही दिन पछि दैनिक कृयाकलापहरु गर्न सकिन्छ: जस्तै: नुहाउने, लुगाधुने, यौन सम्पर्क, पेशागत काममा जाने, बगैचामा काम गर्ने, खेलकुद आदि।
  • बिद्युतीय उपकरणहरु जस्तैःमाईक्रोवेभ, भ्याकुम क्लिनर, रेडियो, टि.भि., हेयर ड्रायर, वासि· मेसिन, जस्ता सामाग्रीको प्रयोग गर्न हुन्छ।
  • पेशमेकर लगाएको ६ हप्ता पछि हेभी सवारी साधन चलाउनु हुन्छ।
  • दात निकाल्ने, दात बनाउने र राख्ने गर्न हुन्छ।
  • X-ray, USG, CT Scan जस्ता मेडिकल टेष्टहरु गर्न हुन्छ।
  • टेलिफोन तथा रिमोट कन्ट्रोल प्रयोग गर्नु हुन्छ।
  • एयरपोर्टमा जा“दा पेशमेकर परिचय पत्र अनिवार्य रुपमा बोक्नु पर्दछ।

पेश मेकर राखे पश्चात बिरामीले गर्न नहुने कृयाकलापहरु

  • पेश मेकर राखेको १० दिन सम्म पेश मेकर राखेको ठाउमा भिजाउनु हुदैन ।
  • पेश मेकर राखेको १० दिन सम्म त्यस पट्टीको हातले एक के.जि. भन्दा बढीका सामान उठाउनु हुदैन।
  • अप्रेशनको शुरुको १० दिन सम्म अत्याधिक मात्रामा हात चलाउनु हुदैन र सो हातले टेकेर उठ्नु हुदैन।
  • पेश मेकर राखेको ठाउको घाउलाई घरी घरी छुने तथा चलाउने गर्नु हुदैन।
  • पेश मेकर राखेको तपाईको हातले मोवाईल फोन उठाउनु हुदैन।
  • मेटल डिटेक्टरलाई प्रत्यक्ष रुपमा पेश मेकर माथी राख्नु हुदैन तर एयरपोर्टको सुरक्षा जा“चको ढोकाबाट छिर्न मिल्छ।
  • चुम्बक वा चुम्वकीय बस्तु र मोवाईल फोन पेश मेकर नजिकको पकेटमा राख्नु हुदैन । वेल्डि· मेसिन चलाउनु हुदैन।
  • विद्युतको पावर हाउसमा जानु हुदैन।
  • Hightension विजुली Line को धेरै नजिक जानु हुदैन।
  • MRI (Magnetic Resonance Imaging) गर्न मिल्ने खालको पेश मेकर भए मात्र (MRI) गर्नुपर्छ ।
  • पेश मेकर राखेको दुई हप्ता सम्म हवाईजहाजमा यात्रा नगर्दा बेस हुन्छ ।
  • प्रत्यक्ष सम्पर्कमा आउने खेलकुदहरु जस्तै: कुश्ती, भारत्तलोन आदि खेल्न हुदैन ।
  • पेश मेकर राखेको साईडको हातले भारी सामान उठाउने, बच्चा बोक्ने, बसमा झुण्डिने, जस्ता कृयाकलाप गर्न हुदैन ।

पेश मेकरको फलोअप कसरी गर्ने ?

अप्रेशनको दुई हप्ता पछि, त्यसपछि एक दुई महिनामा र त्यसपछि बर्षको एक दुई पटक डाक्टर संग फलोअप गर्नु पर्दछ। पेश मेकरको औसत आयु साधारणतया ८–१२ बर्षको हुन्छ व्याट्री सकिना लागेमा पेश मेकर एकैचोटी बन्द नभई विस्तारै गति कम र केही महिना राम्रै संग चल्दछ। यस विचमा फलोअपको समयमा पेश मेकर माथी चुम्वक राखेर ई.सि.जी. गर्दा ब्याट्री सकिन लागेको कुरा थाहा हुन्छ। अथवा विशेष किसिमको मेसिन (प्रोगामर) द्वारा पनि सो जाँच गर्न सकिन्छ। नियमित चिकित्सक संग जा“च परामर्श गराउनु पर्दछ। यदि ब्याट्र् िसकिन लागेको वा सकिएको छ भने ब्याट्री मात्रै फेर्नु पर्ने हुन्छ।