निजि क्षेत्रबाट ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने पहिलो बन्दै ह्याम्स अस्पताल

September 22, 2022
निजि क्षेत्रबाट ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने पहिलो बन्दै ह्याम्स अस्पताल

काठमाडौँ– धुम्बराहिस्थित रहेको ह्याम्स अस्पतालले ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने भएको छ ।

जनउपचारका शिलशिलामा हर–समय अनड्युटीमा रहने नर्सहरुका लागि आपत्कालीन(इमेरजेन्सी) तालिमको आवश्यकतालाई मध्यनजर गर्दै ह्याम्सले तीन महिने ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ कोर्ष  शुरु गर्न लागेको हो ।

उक्त तालिमले नर्सहरुको पेशागत सीप तथा ज्ञानको दायरालाई बढाउँदै बिरामीले प्राप्त गर्ने उपचारलाई पनि थप गुणस्तरीय बनाउने अस्पतालका नर्सिङ निर्देशक वरुणा पौडेलले बताइन् ।

उनी भन्छिन्, ‘इमेरजेन्सी विभागमा विभिन्न प्रकारका बिरामी आउने हुँदा शुरुमा उनीहरुले पाउने उपचारको आधारमा नै त्यसपछि गरिने उपचारको निर्धारण हुन्छ । जसकारण पनि यस विभागमा कार्यरत नर्सहरुको ज्ञान तथा पेशागत सीप विस्तार गरेर गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।’

यसका लागि इच्छुक नर्सहरुले २५ फागुनभित्र आवेदन दिइसक्नुपर्ने उनको भनाई छ । उनका अनुसार, ‘सोसाइटी अफ इमेरजेन्सी नर्सेस अफ नेपाल’ को सहकार्यमा चैत्र ६ गतेदेखि शुरु गर्न लागिएकोे तालिमको पहिलो चरणमा ३० जना नर्सहरुलाई सो तालिम प्रदान गरिनेछ ।

नयाँ–नयाँ प्रविधिका साथ विभिन्न वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमध्ये एक रहेको ह्याम्स यस पहलसंगै ह्याम्स निजि क्षेत्रबाट ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने नेपालकै पहिलो अस्पताल समेत बन्न पुगेको छ ।

Source: https://himalayapost.com/archives/200094