Rooftop Helipad now operational at HAMS Hospital

07 August 2019

प्रेस विज्ञप्ती

काठमाण्डौ,

२०७६ साल श्रावण २० गते सोमबार,

पछिल्लो समय अत्याधुनिक सर्व सुलभ, विश्वसनिय एवं नेपालका प्रख्यात डाक्टरहरुको समूहले सहज स्वास्थ्य सेवा दिने उद्देश्यले काठमाडौंको धुम्वाराहीमा अत्याधुनिक हेलिप्याड सहितको अस्पताल भवन निमार्ण गरी नयाँ व्यवस्थापन सहित सेवा विस्तार गरेको ह्याम्स अस्पतालले आजबाट विधिवत रुपमा Rooftop Helipad सहित एयर एम्वुलेन्स सेवा शुरु गरेको जानकारी गराईन्छ । नेपाल नागरिक उड्डन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण्डर्ड विभाग, सिनामंगलबाट आजै अनुमति लिई ह्याम्स अस्पतालको छतमा नव निर्मित हेलिप्याडमा एयर डाईनेष्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्वुलेन्स सेवा शुरु गरेको हो ।

एयर एम्वुलेन्स शुरुवात कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, प्रो.डा. भगवान कोईराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले संयुक्त रुपमा गरेका थिए ।

नेपालको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतु दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष राम शरण भण्डारीले बताए ।

हेलिकोप्टर एयर एम्वुलेन्स सेवामा विगत ७ बर्ष देखि सक्रिय डा.संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन एयर एम्वुलेन्सको रुपमा हेलिकोप्टर सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए । यसै गरी उनले भेन्टिलेटरको माध्यमबाट इर्मजेन्सी सेवाका विरामीहरु ल्याउन पनि हेलिकोप्टर सेवा उपर्युक्त हुने बताए । नेपालमा हालसम्म २/३ वटा अस्पतालले मात्र एयर एम्वुलेन्सको सेवा दिईरहेको भए पनि ह्याम्स अस्पतालले शुरु गरेको हेलिप्याड सहितको स्वास्थ्य उपचारले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयम थपिएको छ ।