JAUNDICE को उपचार मध्ये एक ERCP (Endoscopic Retrograde Cholangio Pancreatogram)

12 August 2019

डा.कमल राज सुवेदी

JAUNDICE हुने थुप्रै कारणहरु मध्ये पित्त नलिमा अवरोध हुनु पनि एउटा प्रमुख कारण हो । साधारणतया पित्तरस कलेजोमा बन्छ र पित्तनलीको माध्यमबाट सानो आन्द्रामा जान्छ जसले खाएको खाना पचाउन मद्धत गर्छ । पित्त नलीमा अवरोध गराउने मुख्य दुई कारणहरु हुन्छन ।

1. पित्तनलीमा ढुङ्गाबन्ने वा पित्त थैलीको ढुङ्गा नलीमा जाने (Bile Duct Stone)

2. पित्त नली साँ्घुरिने वा च्यापिन (Stricture)

पित्तनलीमा ढुङ्गा भएमा माथिल्लो पेट दुख्ने, आँखा वा शरिर पहेलो भएर आउने, पिसाव गाढा पहेलो भएर जाने लक्षणहरु देखिन्छन भने पित्तनली साघुरिने वा च्यापिने भएमा केही समय देखी जन्डिस बढदै जाने र जिउ चिलाउने, पिसाव गाढा पहेलो हुने हुन्छ तर पेट दुख्ने साधारणतया हुदैन । पित्तनली साघुरिने कारणहरु चाहि नली सुन्निने, खत बस्ने अथवा पित्त नलीकै
Cancer (Cholangio Carcinoma) हुन सक्छ । पित्तनली च्यापिने कारण पित्त थैलीमा भएको ठुलो ढुङ्गाले, पित्तथैलीको Cancer ले वा Pancreas Cancer ले हुन्छ । पित्तनलीको मुखको (Ampulla) Cancer मा पनि यस्तो लक्षण देखिन्छ ।

यस्तो कुनै समस्या देखिएमा तुरुन्तै अपरेशन गर्नु पर्ने बाध्यतालाइ ERCP प्रविधिले कम गरेको छ । ERCP मा मुखबाट Endoscope पसाएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (Ampulla) मा पुगिन्छ । अनि विभिन्न Instruments प्रयोग गरी नलीको मुखलाई ठूलो बनाएर पित्तनलीको ढुङ्गा आन्द्रामा निकालिन्छ र रोग निको हुन्छ । नली साधुरो भएको भाग भन्दा माथि पर्ने गरी पाईप (Stent) राखिन्छ जस्को कारणले पित्तरसको (Bile) को बहाव सुचारु हुन्छ, अनि जन्डिस र दुखाई कम हुन्छ । यहि नै ERCP गर्नुको उद्देश्य हो ।

पित्तनलीको ढुङ्गा ठूलो भएमा त्यसलाई नली भित्रै फुटाएर वा नलीको तल्लो भागलाई तन्काएर ठूलो बनाई निकाल्न सकिन्छ । Pancreas को समस्या भएका विरामीहरुलाई माथिल्लो पेट दुखिरहने, खाना नपच्ने समस्या हुन्छ । त्यस्तो विरामीका Pancreas को नलीमा ढुङ्गा बन्ने र नली साधुरिने हुन्छ । त्यस्तो विरामीहरुलाई पनि ERCP ले धेरै फाईदा गर्छ । Pancreas को नलीको ढुङ्गा निकालियो वा त्यहा Stent राखियोा भने यस रोगको लक्षणहरु कम हुन्छ ।

ERCP को सुरुवात कालमा यसको प्रयोग पित्तनली वा Pancreas को नलीको रोग पत्ता लगाउन भए पनि अहिले यो सोही अंगहरुको उपचारको लागि मात्र प्रयोग गरिन्छ । यो प्रविधिमा पेट चिर्नु वा पेटमा प्वाल पार्नु पर्दैन । विरामीलाई अप्ठ्यारो नहोस भनेर साधारणतया ERCP मा Anesthesia को प्रयोग गरी बेहोस बनाएर गरिन्छ । धेरैजसो अवस्थामा ERCP गरे पछि केहि घण्टा Observation मा बसेर सोहि दिन घर जान सकिन्छ ।

डा.कमल राज सुवेदी HAMS Hospital मा Consultant Physician/Gastroenterologist तथा Interventional Endoscopist का रुपमा कार्यरत हुनुहुन्छ । उहाँ Internal Medicine मा MD गरे पछि
Gastroenterology मा Fellowship University Of the East (Philippines) बाट गर्नु भयो । उहाँले सोही संस्थाबाट ERCP को तथा Kyung Hee University (South Korea) बाट EUS (Endoscopic Ultrasound) को विशेष तालिम लिनु भएको छ । उहा संग एक बर्ष भन्दा बढी धुलिखेल अस्पतालमा Gastroenterologist / Interventional Endoscopist को रुपमा हजारौ ERCP तथा अन्य Endoscopic Procedure गर्नु भएको अनुभव छ ।